बिहिबार, बैशाख १३, २०८१

फेरी मधेसी मोर्चाले देशब्यापी आन्दोलन सुरु गर्ने

सरकारले कृत्रिम अभाव सृजना गरेको मोर्चाको आरोप

 काठमाडौं फागुन १५ , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसमा जारी आन्दोलनलाई फेरी देशब्यापी बनाउको लागि भावी कार्यक्रमको रुपरेखा तय गर्न सचिवालय गठन गर्नुको अलावा   ११ बुँदे मागसहित राष्ट्रिय सरोकारका विषय समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।  madhesमोर्चाको आज बसेको बैठकले पटक पटक वार्ता भएपनि सरकार मधेशी मोर्चाका माग सम्बोधन गर्न उदासिन रहेको निष्कर्ष सहित हिमाल, पहाड र तराई सबै क्षेत्रमा आदिवासी जनजाती र दलित समूदायलाई समेत समेटेर आन्दोलन गर्ने निर्णय सहित आन्दोलनलाइ देशब्यापी बनाउने तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै बैठकले त्यस्तैगरि प्रधानमन्त्री केपी ओलीले हालै सम्पन्न भारत भ्रमण कूटनीतिक रुपमा असफल रहेको ठहर गर्दै मोर्चाले नाकाबन्दी हटेको तीन साता बितिसक्दा पनि कालोबजारी र उपभोग्य वस्तुको अभाव रहेको जनाउँदै इन्धन आपुर्ती सहज नभएकोमा मोर्चाले आपत्ति जनाएको छ । नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिएको भएपनि कालोबजारीलाई सहयोग गर्न सरकारले कृत्रिम अभाव सृजना गरेको मोर्चाले आरोप लगाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031