बिहिबार, बैशाख १३, २०८१

पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुरु

काठमाडौ माघ २९, नेपाल आयल निगमले आजदेखि नियमित रुपमा मुलुकका सबै निजी पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गरेको सुरु nepal-oil-nigamगरिएको जनाएको छ ।  मधेसमा जारी आन्दोलनको स्थगन र भारतको अघोषित नाकाबन्दीको अन्त्य भएपछि पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुरु भएको जनाउँदै निगमले उपत्यका लगायत अधिकांश पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ उपलब्ध गराए पछि आपुर्तिमा सहजीकरण भएको र अव केहि दिनमै उपभोक्ताले लाइन बस्नु पर्ने बाध्यताको अन्त्य हुँनुको अलावा खाना पकाउने ग्यासको आपूर्ति पनि वृद्धि भएकाले केही समयमै उपभोक्ताले नियमित रुपमा प्राप्त गर्न सक्ने निगमले बताएको छ ।