शुक्रबार, बैशाख ७, २०८१

नवलपरासिमा पूर्व युवराज्ञी हिमानीको नागरिक अभिनन्दन

नवलपरासी माघ १९,  नागरिक अभिनन्दनका लागि  नवलपरासी पुग्नुभएकी पूर्व युवराज्ञी हिमानी शाहलाई नवलपरासीको himaniत्रिबेणीमा भब्य नागरिक अभिनन्दन सहितको स्वागत गरिएको छ । शाहको स्वागतमा स्थानीय सर्वसाधारणले बाजागाजा सहित नागरिक अभिनन्दन मात्र गरेनन् सक्रिय राजतन्त्रको पक्षमा चर्को नाराबाजी पनि गरेको समाचार प्राप्त भएके छ । । त्यस्तै नेपालको स्थिति नाजुक बन्दै जानुमा दलहरु जिम्मेवार रहेको भन्दै स्थानीयले भने–“हामीले २०६३ सालमा राजाको बिरोधमा आन्दोलन गरेर गल्ति गरेका रहेछौँ । समयले बुझाएको छ, अब अर्को राष्ट्रवादी आन्दोलनबाट हामीले राजतन्त्र फर्काउनुपर्ने भएको छ ।

स्वागतमा लाम्बद्ध भएर बसेका अर्का स्थानीयले भने–“दलहरु बिदेशीको इशारामा नेपाली जनतालाई झुक्काउने खेलमा लागेकोले आजको सास्ती भोग्नुपरेको हो, अब यो अवस्थाबाट हामीले मुक्ति चाहन्छौं । अबको आन्दोलन स्वतः स्फुर्त उठ्नेछ । प्रत्येक नेपालीले अब दलको बन्धन तोड्नुपर्ने दिन आइसकेको छ ।  पूर्व युवराज्ञीको स्वागतमा उर्लिएको जनसागरलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । बिहान ९ बजे परासीबाट विभिन्न स्थान हुँदै त्रिबेणी धामसम्म पुग्नुभएकी शाहले त्यहाँ बिहान १० बजे त्रिबेणी धाममा पूजा अर्चना गर्नुको साथै गजेन्द्र मोक्ष धाममा स्वस्ति बाचनसहित दर्शन र पूजा अर्चना गर्नुभएको थियो । यस्तै पुडिया गाउँको जोगिया बाबाको मन्दिरमा धर्मशालाको शिलान्यास गरेपछि, परासी बजारमा जनतासंग प्रत्यक्ष साक्षात्कार पनि गर्नुभएको थियो ।  सर्वसाधारणले राजतन्त्र नेपाली जनताको मनबाट नहटेको भन्दै अनुनायाबिने गर्दा पूर्व युवराज्ञी भने मुसुक्क हाँस्दै “जनता जे चाहन्छन् त्यहि हुन्छ” भन्नुहुन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031