शुक्रबार, चैत्र १६, २०८०

दिक्षितलाइ सूर्योदय स्रष्टा सम्मान

काठमाडौं फागुन २, विद्याकी अधिष्ठात्री सरस्वती पूजाको अवसरमा शनिवार नेपाली साहित्यका मार्गप्रदर्शक एवम् साहित्यक शिखर पुरुष आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै उनकै नाममा घट्टेकुलोस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले विगत सात दशक अघिदेखि अविश्रान्त नेपाली वाङ्मय र पत्रकारिताको श्रीवृद्धिमा समर्पित एवम् मदन पुरस्कारका विजेता   मदनमणि दीक्षितलाई भानु सूर्योदय स्रष्टा सम्मान–२०७२बाट सम्मानित गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम सम्मान वितरण पछि कलम र स्रष्टाहरूको सम्मानमा सूर्योदयले चालेको कदम सराहनीय रहेको अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तै प्याव्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष लक्ष्य बहादुर के.सी.ले हामी शब्दमा यात्रा गर्नेहरू, कलममा जीवन फुलाउनेहरूप्रति समर्पित छौँ, कलिला हात र तोतेबोलीदेखि जीवनका धेरै पाना पल्टाएका परिपक्व मदनमणिसम्म सम्मानका आँखाले हेर्ने हाम्रो अभिष्ट रशेको बताउँनु भएको उक्त कार्यक्रममा साहित्यकारहरू, पूर्व सम्मानित स्रष्टाहरू अभिभावक एवम् अन्य व्यक्तित्वहरूको समेत उल्लेख्य उपस्थिति थियो ।
दोसल्ला सहित नगद रु १५००० सहितको सूर्योदय स्रष्टा सम्मान विद्यालयले निजी पहल र लगानीमा नेपाली साहित्यमा विशेष योगदान पु¥याउनुहुने साहित्यिक सर्जकहरूलाई प्रदान गर्दै आएको एक विशेष सम्मान भएको विद्यालयले जनाएको छ । हालसम्म प्रस्तुत सम्मान बाट भवानी घिमिरे, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद पराजुली, डा. चूडामणि बन्धू, शान्तदास मानन्धर, ज्ञानुवाकर पौडेल, दुर्गालाल श्रेष्ठ,

तोया गुरुङ, भानुभक्त पोखरेल लगायतका व्यक्तित्वहरू सम्मानित भइसक्नुभएको छ ।
त्यस्तै कार्यक्रममा विद्यालयका म्युजिक क्लबका विद्यार्थीहरूबाट सरस्वती पूजाका अवसरमा दिइएको विशेष साङ्गीतिक प्रस्तुतिले सबैको मन तानेको थियो । एकपछि अर्को गर्दै देखाइएका नृत्य सहित अक्षरारम्भ कार्यक्रम अन्र्तगत कलिला बालबालिकाहरूका लागि अक्षर सिक्ने शुभ साइतका लागि छुट्टै व्यवस्था गरिएको थियो ।