बिहिबार, चैत्र १५, २०८०

दक्षिणी ताइवानमा भूकम्पबाट पुरिएकाहरुको उद्धार जारी

एजेन्सी माघ २४, दक्षिणी ताइवानमा गएको ६ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण एउटा १७ तले आवासीय भवन 10602GWL-tai1भत्किँदा कम्तीमा ५ जनाको ज्यान गएको छ।त्यस्तै शक्तिशाली भूकम्पमा भत्केको १७ तले भवनमा पुरिएका १ सय ३२ जनाको उद्धार जारी रहेको समाचार एजेन्सीहरुले जनाएको छ ।

हालसम्म उक्त भवनबाट दुई सयभन्दा बढीको उद्धार गरिएको छ र खोजीकार्य अझै जारी रहेको समाचारस्रोतहरुले जनाएको छ ।
यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पबाट ताइवानमा २४ सयभन्दा धेरै मानिसको मृत्यु भएको त्यहाँका अधिकारीहरुलाइ उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।