शनिबार, बैशाख ८, २०८१

थाइल्यान्डमा पूर्वराजा ज्ञानेन्द्र र एमाओवादी अध्यक्ष प्रचण्डवीच गोप्य वार्तालाप

पूर्वराजा  ज्ञानेन्द्र र भारत सरकारका प्रतिनिधिवीच केही गम्भिर बिषयमा “जेन्टल्मेन अग्रिमेन्ट”

 सुनिल शर्मा/काठमाडौं 

एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)  र पूर्वराजा ज्ञानेन्द्र शाहवीच थाइल्यान्डको राजधानी बैंककमा गोप्य  भेटवार्ता भएको  छ । एमाओवादी अध्यक्ष प्रचण्ड बैंककमा  उपचार गराउँदै  बसेका   पार्टी नेता   वर्षमान   पुनको  अवस्था बुझ्न थाइल्यान्ड गएको  भनिएपनि     वास्तविकता त्यतिमै सिमित नरहेको जनाउँदै   गुप्तचर एजेन्सी श्रोतले   पूर्व राजा र प्रचन्डबीचको यो गोप्य भेटवार्ता भएको  kingर उक्त भेटवार्तालाइ   अत्यन्तै गोप्य राखिएको जनाएको छ।  त्यस्तै  गुप्तचर एजेन्सी श्रोतका अनुसार राजा र  प्रचण्डवीचको  प्रस्तुत भेटवार्ताको लागि    भारतका विषेश दूत एस् जयशंकर र गुप्तचर प्रमुख अजित दोभालले भारतको तर्फबाट भूमिका निर्वाह गर्ने छन् भने चीनिया उपविदेश मन्त्री झि झाङ सहितको उच्च टोलीले नेतृत्व गरेको  थाहा भएको  छ ।

हालको संबिधानमा राजा र हिन्दू राष्ट्रको मुद्दा सम्बोधित नभएको र स्पेस नदिएको कारण नयाँ बनेको संबिधान असफल भइ सकेको छ । हाल, सरकारले संसदबाट   संशोधन गरेका केही बुँदा भारतको दवाबमा गरिए तापनि भारत स्वयम भने यस बिषयमा सन्तुष्ट नभएको  जनाउँदै  भारतले स्पष्टसँग एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र हिन्दू राष्ट्रका बिषयमा संबिधान पुर्नलेखन  गर्न दवाब दिएको थाहा भएको छ।   त्यस्तै आन्दोलनरत  मधेसी मोर्चाले संबिधान संशोधन होइन पुनस्लेखन गर्नु पर्ने र मधेसको मुद्दालाई सम्बोधित गर्नु पर्ने बताउँदै आएका छन्।मधेसको मुद्दा सम्बोधित नभए सम्पूर्ण नाका ठप्प गर्ने बताएका छन् तर प्रधानमन्त्री ओलीले भने यदी सबै नाका खुल्ला नगरेको खण्डमा  आफू भारत भ्रमणमा नजाने घोषणा गरेका छन्।  यो घोषणाले भारत सरकार रुष्ट त छँदै छ, राजा र हिन्दू राष्ट्रको सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलेको भूमिका नेपाल र भारतको विषेश सम्बन्ध र सुरक्षाकालागी खतरापूर्ण रहेको छ।

बैंककमा राजा ज्ञानेन्द्र र प्रचण्डबीच राजसंस्थाको भूमिका हिन्दू राष्ट्र पुनस्स्थापना र यसअघि भारतले पूर्व राजा ज्ञानेन्द्र शाहसँग राखेको भुटानी मोडलिटीको प्रस्तावलाई पूर्व राजा ज्ञानेन्द्र र प्रचण्डले ठाडै अस्वीकर गरेका थिए। स्मरण रहोस् , एकसाताअघि अर्थात माघ ७ गते पूर्व राजा ज्ञानेन्द्र बैंकक प्रस्थान गरेको ठीक सात दिन पछाडी प्रचन्ड बैंकक बर्षमान पुनलाई भेट्नलाई मात्र होइन, राजासँग गोप्य वार्तालाप गर्नलाई पुगेको गुप्ताचर एजेन्सी श्रोतको दाबी छ।  नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेले वर्तमान ओली सरकार नेपाली कांग्रेसको महाघिवेशन पछाडि ढल्ने  र संबिधान समेत पुर्नलेखन   गर्नु पर्ने अवस्था आएको बताएका छन। नेपाली कांग्रेसका नेता शेरबहादुर देउबाले पनि आफु पार्टी सभापति भएको खन्डमा हिन्दू राष्ट्र संबैधानिक राजतन्त्र र मधेशको मुद्दालाई सम्बोधन र स्थान दिने बताउँदै आएका छन्। यसै सेरोफेरोमा नेपाली सेनाका प्रधान सेनापति  राजेन्द्र  क्षेत्री पनि भारतको  भ्रमणमा  जानुलाइ   राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। नेपाली सेनाले राष्ट्रका जल्दा बल्दा दीर्घकालिन राजनीतिक मुद्दा, संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, मधेशका समस्यालाई राजनीतिक रूपमै समाधान गरिनु पर्छ भन्दै आएको छ।

राजसंस्था फ्याँकिएको ९ वर्षको दौरानमा देशको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक सबै क्षेत्र डामाडोल र सुरक्षा व्यवस्था अस्तव्यस्त भएको छ। यस कुरालाई पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको अवसरमा जारी गरेको प्रेस बिज्ञप्तिले   पनि राजनीतिक सन्देश दिएको छ र देशको वस्तु स्थिती झल्काएको छ। ख्याल रहोस्, प्रचन्डले बैंकक प्रस्थान गर्नु अघी ओली सरकारले उल्लेखनिय काम गर्न नसकेको भन्दै असन्तुष्टी जना���का थिए । यि समग्र राजनीतिक घटनाक्रमको कडीलाई जोडेर हेर्दा आगामी फागुन २० गते पछाडि नेपालको राजनीतीमा ठुलै उथलपुथल हुने विश्लेशण राजनीतिक विश्लेशकहरुले गरेका छन्। यहि घटनाक्रमलाइ हेर्ने हो भने  सम्भवतस् ओली सरकारबाट नेकपा एमाओबादी र राष्ट्रिय  प्रजातन्त्र पार्टीले सरकारबाट हात झिक्ने निश्चित छ।

त्यस्तै भारतले अहिले संबिधान संशोधन होइन, पुनस्लेखन गर्नु पर्ने दवाब दिँदै आएको छ। यसै सेरोफेरोमा प्रचन्ड प्रधान मन्त्री भए भने कुनै आश्चर्य हुने छैन। प्रचण्ड र डा।बाबुराम भाट्टराइले राजा पनि एउटा शक्ति   भएको बताएका छन्। प्रचण्ड पार्टी भित्र स्वयम एक शक्ती भएको हुनाले भारत र चीनले उनलाई राजनीतिक रूपमा बिगतदेखी नै स्थान दिँदै आएको छ तर नेपालको संबिधान लेखनमा राजालाई स्पेस नदिएको र हिन्दू राष्ट्र नराखिएको कारण भारत र चीन आफ्नो सुरक्षालाई लिएर चिन्तित रहँदै आएको छ। उच्च गुप्तचर एजेन्सी श्रोत भन्छ, “प्रचन्डले भारत र चीनको प्रस्तावलाई अब अस्वीकार गरेको खन्डमा प्रचन्ड कि मारिने छन् कि भ्रष्टाचारमा   जेल जाने निश्चित छ। यसको ग्रान्ड डिजाइन बनी सकेको बुझिइएको छ।

प्रचण्डले राजासँग हात मिलाए भने कि हिरो हुने छन् कि दोस्रो केशर जङ रायमाझी भए भने कुनै आश्चर्य हुने छैन। बाबुरामले त कम्युनिष्ट पार्टी नै त्यागेर सोसलिस्ट पार्टी स्थापनामा सरिक भएका छन्। स्मरण रहोस्, बैंककमा पूर्व राजा ज्ञानेन्द्र र प्रचण्डबीच छलफलको एजेन्डा राजसंस्था स्पेस दिने, हिन्दू राष्ट्र कायम गर्ने र संबिधान पुनस्लेखन गर्ने कुरा मै केन्द्रित रहेको सो सम्बन्धमा आगामी फागुन २० गते पछाडि नेपाली राजनीतिक सतहमा स्पष्ट देखिने छ। राजा ज्ञानेन्द्र राजसंस्था पुनस्स्थापनाका लागि भारतसँग भुटानी मोडालिटी बाहेक हिन्दू राजा भएर बस्न तयार भएका छन्। पूर्वराजा  ज्ञानेन्द्र र भारत सरकारका प्रतिनिधिवीच केही गम्भिर बिषयमा “जेन्टल्मेन अग्रिमेन्ट” भएको श्रोतको दाबी छ।