बिहिबार, बैशाख ६, २०८१

त्यो फुल

Capture– गौतम डंगोल “सन्देश”

त्यो फुल
के थियो र
एकलाश वनमा फुलेको वन फुल
सदृष्टि नपुगेको तिरष्कृत फुल
त्यो त तिमीले सिउरीदियौ
तिम्रो शिरमा ठाउँ दियौ
र आज त्यो फुल
फुल भनि नाम कहलिएको छ
त्यो फुल
के थियो र ……….

त्यो फुल
के थियो र
यत्र त्यत्र झाङ्गिएको झार फुल
निम्तो बिनाको पाहुनाको हुल
त्यो त तिमीले स्पर्श गरीदियौ
तिम्रा लाली छरीदियौ
र आज त्यो फुल
उन्मत्त वैंशले भरीएको छ
त्यो फुल
के थियो र …………

त्यो फुल
के थियो र
घाम राप अनि तापमा ओइलाउने फुल
निरुद्देश्य फुल्ने अनि झर्ने बेनाम कुल
त्यो त तिमीले मेहेफिलमा सजाई दियौ
तिम्रा आाखामा प्रतिविम्वित गरीदियौ
र आज त्यो फुल
अमुल्य हिरा बनि टल्किरहेको छ
त्यो फुल
के थियो र ………..

त्यो फुल
के थियो र
राप विनाको ताप देखावटि फुल
भित्र खोक्रो बाहिर रङ्गिविरङ्गि फुल
त्यो त तिमीले अंगालोमा बाँधिदियौ
तिम्रा रङ्गिचङ्गि भावनाले ढाकी दियौ
र त्यो फुल
हत्केलामा झुल्ने औकातमा पुगेको छ
त्यो फुल
के थियो र…………..

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031