बिहिबार, बैशाख १३, २०८१

तेज–तीर्थ नेपालभाषा साहित्य सिरपाः चित्रकार र तिलकप्रकाश सम्मानित

काठमाडौैं फागुन ११, तेज तीर्थ ट्रष्टद्वारा यस वर्षको तेज–तीर्थ नेपालभाषा साहित्य सिरपाः ११३६ बाट साहित्यकार द्वय सुवर्ण केशरी चित्रकार र तिलकप्रकाश कायस्थलाइ सम्मानित गरिएको छ । पूर्व राष्ट्रपति रामवरण यादवज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न एक विशेष IMG_0655_sjh_roadphotography_tej tirtha nepal bhasa sahitya sirapa 2072 IMG_0627_sjh_roadphotography_tej tirtha nepal bhasa sahitya sirapa 2072कार्यक्रमकावीच उक्त पुरस्कार वितरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा ट्रष्टका महासचिव गौरीप्रसाद दवाडीले उपत्यकालाई चिनाउने काष्टकला, मूर्तिकला आदि इत्यादी हराउँदै गएको र सोको सट्टामा कंक्रिट बस्ती बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उपत्यकालाई चिनाउने मुख्य माध्यम यहाँको स्थानीय भाषा संस्कृति र परम्परालाई बचाई राख्नु पर्ने कुरामा जोड दिनु भएको उल्लेख गरिएको छ ।  काँग्रेस नेता एवम् पूर्वमन्त्री तीर्थराम डंगोल र वहाकी धर्मपत्नीद्दारा स्थापित रु. उक्त पुरस्कारको जनही रु. ५०,००० राशी रहेको छ ।