शुक्रबार, चैत्र १६, २०८०

टेलिकमले पहिलो चरणमा ७ सय ९६ जना कर्मचारीलाइ पैसा वाँड्यो

काठमाडौं फागुन १७,  नेपाल दूरसञ्चार कम्पनी टेलिकमबाट १ हजार ५०० सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना अनुरुप पहिलो nepali-paisa.jpgचरणमा स्वेच्छिक अवकाश रोज्ने ७ सय ९६ जना कर्मचारीलाइ अवकाश दिदै प्रस्तावित योजना अनुरुपको रकम भुक्तानी दिन सुरु गरेको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचारमा उल्लेखभए अनुरुप प्रतिस्पर्धी बजारमा आवश्यक कर्मचारी कटौती गर्दै प्रविधीमैत्री प्रणालीलाई बढवा दिन कम्पनीले स्वच्छिक अवकाशको अवधारणा ल्याएको र आइतबारदेखि टेलिकमले अवकाश रोजेका कर्मचारीलाई भुक्तानी दिन सुरु गरेको उल्लेख गरिएको छ ।