शुक्रबार, बैशाख ७, २०८१

जिका भाइरसको सन्त्रास, नेपालमा भाइरस पहिचानको सुविधा छैन

काठमाडौं माघ १८, विश्वमै जिका भाइरसको सन्त्रास फैलिएका बेला नेपालमा भने रोग पहिचान गर्न सक्ने परीक्षण सुविधा उपलब्ध छैन । यस्तो स्थितिमा मुलुकमा रोग संक्रमणको उच्च जोखिम रहेको विज्ञहरूले बताएका छन् । ‘जिकाको उच्च जोखिम देखिए पनि हाल मुलुकमा यो रोग लागेरनलागेको बारे पहिचान गर्न सकिने स्थिति छैन,’ स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले  भने, ‘यो रोग भएर नभएको Capture kkkkकिटान गर्न विशेष खालको परीक्षण सुविधाबारे हालसम्म सम्बन्धित निकायहरूले ध्यान दिएका छैनन् ।

यो भाइरस ‘पोलिमर चेन रियाक्सन (पीसीआर)’, को माध्यमले पहिचान गरिन्छ भने भाइरस रगतको नमुनाबाट छुटयाइन्छ । राष्ट्रिय जनस्वास्थ्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। गीता शाक्य नेपालमा यो संक्रमण भित्रन सक्ने उच्च सम्भावना रहेको बताउँछिन् । पीसीआरको माध्यमले पहिचान गरिने यो रोगका लागि ‘किट’ आवश्यक रहेको उनी बताउँछिन् ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले पनि हाल विशेषखालको रगत जाँच्ने सुविधा उपलब्ध नरहेकाले मुलुकमा यो रोगको पहिचान नगरिने बताए । उनले गर्भवती वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस रोग प्रभावित क्षेत्र नजान सल्लाह दिन्छन् ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०१५ को मेमा महिनामा ब्राजिलमा पहिलोपटक जिका भाइरस देखापरेको थियो । अतुल मिश्र,/कान्तिपुर दैनिकबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031