बिहिबार, चैत्र १५, २०८०

घाउ गरेर

pen-copy-gift-150x15022 गौतम डंगोल “सन्देश”

घाउ गरेर सोध्छौ तिमी दुख्यो कि भनेर
दिल मारेर सोध्छौ तिमी सञ्चै छौ भनेर
लुकाछिपि बालापनको खेलेछौ की कुन्नी
ख्याल ख्यालमा वाचा सबै भुलेछौ कि कुन्नी

छाती भित्र डढेलोले मन खाएको छ
दिल जलेको धुवाँले आँखा तिल्मिलाएको छ
कुन मन्दिरमा तिमीले दिप जलायौ
हाँसी हाँसी सिन्दुर पोते सजाएछौ कि कुन्नी
पल पलका याद सबै मेतेछौ कि कुन्नी
घाउ गरेर ………………………………….

जिवन भित्र मृत्युले सन्त्रास छरेको छ
जिउँदो लाशले मुटु ढक्ढकाएको छ
कुन जग्गेमा तिमीले सात फेरा लगायौ
घुमी घुमी छुट्टै नाता जोडेछौ की कुन्नी
छिन छिनमा नयाँ सपना साँचेछौ कि कुन्नी
घाउ गरेर ………………………………….