बिहिबार, बैशाख १३, २०८१

कार्यकर्ताको भावना अनुरुप सभापतिमा उम्मेदवारी दिने कावा सभापति पौडेलको उद्घोष

काठमाडौ फागुन १५, नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको सम्मानको लागि भन्दै जिल्लाबाट आएका

(From left) Nepali Congress Vice president Ramchandra Paudel, Prime Minister Sushil Koirala and Senior leader Sher Bahadur Deuba. Photos: RSS

महाधिवेशन प्रतिनिधिसँगको कुराकानीमा आफूले पार्टीको आसन्न १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।  त्यस्तै उहाँले तपार्इंहरु ढुक्क हुनुहोस्, म सबैको भावनालाई पुूरा गर्नेछु भन्दै कावा सभापति पौडेलले अहिलेको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा आएकाले उम्मेदवारी दिन आवश्यक रहेको जिकिर गर्दै मुलुकको विद्यमान परिस्थितिलाई सम्हाल्ने अभिभारा पनि थपिएकाले काँग्रेसको अधिवेशनले नयाँ सन्देश दिनुपर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

नेत्री कोइरालाद्दारा सभापतिको उम्मेदवारी घोषणा

यसैवीच  काँग्रेस नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेत्री कोइरालाले काँग्रेसलाई समाप्त पार्न भइरहेको सवैखालका प्रहारबाट बचाउन आफूले sujata-koiralaउम्मेदवारी दिन लागेको बताउँनु भएको थियो ।
त्यस्तै पार्टी विदेश विभाग प्रमुख समेत रहेकी नेत्री कोइरालाले मुलुकको विकासका लागि महिला र युवा समुदायलाई सशक्त रुपमा राज्यको मूलधारमा ल्याउन आफूसँग विशेष योजना रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय तहमा पार्टीलाई विस्तार एवम् प्रवद्र्धन गरेको जिकिर सहित नेपालको राजनीतिक विकास क्रममा कोइराला परिवारले गरेको योगदानलाई सही अर्थमा बुझ्न र आफ्नो उम्मेदवारीलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा लिन आग्रह गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031