शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेसलाइ ससक्त संगठनमा रुपान्तरण गर्ने नवनिर्वाचित सभापति बानियाँको प्रतिवद्धता

अमिन पाण्डे /फागुन १५ , नेपाली काँग्रेस काठमाडौँको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज एक कार्यक्रमकावीच पदभार हस्तान्तरण गरिएको छ ।  काठमाडौँ काँग्रेसको जिल्ला कार्यालय ज्ञानेश्वरमा आयोजित कार्यक्रममा नवनिर्वाचित सभापति सबुज 0 (1) bhimबानियाँको टिमलाइ पूर्वसभापति एवम् सांसद भीमसेनदास प्रधानले पदभार हस्तान्तरण गर्नुभएको हो ।

नयाँ जिम्मेवारी ग्रहण गर्दै नवनिर्वाचित सभापति बाँनियाले काठमाडौँ काँग्रेसलाई सवैखालको विभेदबाट मुक्त राख्दै नयाँ जोश र उर्जासहित सवैलाइ एक ढिक्का बनाउँदै अगाडि बढाउँने प्रतिवद्धता समेत व्यक्त गर्दै नाता र नेताका आधारमा नभइ नीतिका आधारमा काँग्रेस संगठन अगाडि बढ्ने बताउँनु भएको थियो ।  त्यस्तै निर्वतमान सभापति प्रधानले नेतृत्व लिनका लागि मात्र नभइ सवैलाइ समेटेर अगाडि लैजानु पर्नेमा जोड दिनु बताउँनु भएको थियो ।