शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेसको सभापतिका लागि प्रधान र बानियाँवीच कडा प्रतिस्प्रधा हुँने

केन्द्रीय महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने 

काठमाडौ फागुन ४, काठमाडौँ काँग्रेसको बुधवार हुँने निर्वाचनमा वर्तमान सभापति भीमसेनदास प्रधानका् नेतृत्वमा रहेको (सचिवमा अर्जुन पराजुली र कोषाध्यक्षमा नर्मदा पोखरेलको) प्यानल र काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको समर्थनमा सभापति सबुज बानियाँको nc11नेतृत्वको (सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनी) रहेको प्यानलवीच कडा प्रतिस्प्रधा हुँने भएको छ ।

गत माघ २५ गतेनै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु गरिएपनि माघ २६ गते सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगन गरिएका कारण बुभवार हुँन लागेको प्रस्तुत निर्वाचनमा काठमाडौँको जिल्ला अधिवेशनमा नगरका वडाबाट निर्वाचित एक हजार २७३ क्षेत्रीय प्रतिनिधिले भाग लिने उक्त निर्वाचनमा सभापतिका प्रत्याशी रहेका दुवै उम्मेदवारहरुले मतदाता समक्ष आफु निर्वाचित हुने आधार प्रस्तुत गर्दै आज उम्मेवारी दर्ता गराउँने तयारी गर्दै गरेको बुझिएको छ ।

बुधवार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा विहान ९ देखि १२ बजेसम्म निर्वाचनको कार्यक्र यसअघिनै तय भइसकेको छ । यसैवीच नेपाली काँग्रेसको आसन्न १३ औँ केन्द्रीय महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । काँग्रेसमा २४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ महाधिवेशन प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।