शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस सभापति कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकको भिड

काठमाडौ माघ २६, फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा गएराति १२ः५० बजे निधन भएका काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली केहीबेरअघि कोइराला निवास महाराजगन्ज जानुभई कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

त्यस्तै कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सिपी मैनाली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत , (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसहितका नेताहरूले कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
यसैवीच नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीर पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जलि अपर्ण गर्ण पूर्व राष्ट्रपति डा रामवरण यादवले पार्टी कार्यालय पुग्नु भएको छ उहाँको पार्थिव शरीरलाई नेपाली काँग्रेसको आकस्मिक बैठक पछि पार्टीको झन्ड�� ओढाउने कार्यक्रम रहेको बताईएको छ । कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको पार्टी केन्द्रीय कार्यालय सानेपामा भीड लागेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031