शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस महाधिवेशन: भित्तेलेखन र पोस्टरको विकल्पमा स्वागतद्वार, फ्लेक्सको प्रयोग गरिने

सुशीलको नेतृत्वमा बनायौँ संविधान: समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान

काठमाडौ फागुन १५, काँग्रेसको आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३ औं महाधिवेशनको प्रचारप्रसारको क्रममा कुनैपनि भित्तेलेखन र पोस्टर प्रयोग नगर्ने यसको विकल्पमा मुख्य चोकमा सूचनापाटी, स्वागतद्वार, फ्लेक्स आदिको प्रयोग गर्ने भएको छ Congress_Mahadhibetaion_252294018। चुनावी प्रचारको नाममा गरिने भित्तेलेखन र पोस्टरिङले सार्वजनिकस्थल फोहर र प्रदूषित देखिने निष्कर्ष निकाल्दै काँग्रेसले यस्तो निणर्य गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन चुनावी वेबसाइट सहितको सूचना केन्दको कार्यान्वयनमा ल्याउँनुको अलावा सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतलाई अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार समितिका प्रमुख डा मीनेन्द्र रिजाललाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।
त्यस्तै प्राप्त समाचारमा ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गर्दै महाधिवेशनको प्रचारप्रसारको थप विभिन्न उपसमिति समेत गठन गरिएको उल्लेख गरिएको छ । यसरी गठित उपसमितिमा क्रमस वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कवीर राणाको संयोजकत्वमा सूचना केन्द्र, कृष्ण केसीको संयोजकत्वमा प्रविधि, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरिएको छ ।