शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसले विद्युतीय मतदानबाट आफ्नो नेता छान्ने

काठमाडौ फागुन १४, नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको क्रममा विद्युतीय मतदानको व्यवस्था गर्ने मेलोमृसो मिलाईएको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार विद्युतीय मतदानको लागि उम्मेदवारको नाम विद्युतीय यन्त्रमा राखी ३ electrick-nomisionहजार १सय ८१ मतदाताले यन्त्रमै मतदान गर्ने गराउँने तयारी भएको जानकारी प्राप्त भएका्े छ ।

काँग्रेसको प्रस्तुत आसन्न १३ औं महाधिवेशनमा सभापति, एक महामन्त्री, एक कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य २५ तथा १४ अञ्चलबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्य, आरक्षणअन्तर्गत महिलाबाट ६, दलितबाट पाँच, आदिवासी जनजातिबाट पाँच, मधेसीबाट पाँच र मुस्लिमबाट एक गरी ६४ जनाको निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गर्दा मत पनि बदर नहुँने भएको जनाउँदै निर्वाचन समितिले आवश्यक परामर्स पछि यसको तयारी थालेको बताईएको छ ।