बिहिबार, बैशाख १३, २०८१

एयर काष्ठमण्डपद्वारा दुःख व्यक्त

काठमाडौ फागुन १४,  एयर काष्ठमण्डप प्रालिले कम्पनीका विमान चालक क्या दिनेश न्यौपाने र सहचालक क्या सन्तोष रानाको निधनप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिमा आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै यात्रुको जीवन बचाई imagesदिवङ्गत हुनुभएका चालक र सहचालककोे आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा वहाँहरुको परिवारजनमा भावपूर्ण समवेदना प्रकट गरेको छ ।

कम्पनीले उक्त घटनामा घाइते भएको यात्रुको शीघ्रस्वास्थ्य लाभको कामना गरेको छ । सो कम्पनीको नाइन एन–एजेबी विमान आज नेपालगञ्जबाट जुम्ला जाने क्रममा कालिकोटस्थित चिल्खयामा दुर्घटना हुँदा चालकद्वयको निधन भएको थियो भने नौ यात्रु घाइते भएका थिए ।

सरकारद्दारा एजेबी विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

यसैवीच नेपाल सरकारद्दारा एजेबी विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित चार सदस्यीय समितिमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहनुभएको छ । समितिलाइ २ महिनाभित्र घटनाको यथार्थता पत्ता लगाई प्रतिवेदन बुझाउन समयमिसा दिइएको छ । विमान दुर्घटना हुँदा चालक दलका दुईसहित ११ जना रहेको विमानमा चालक र सहचालकको निधन भइसकेको छ । घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031