मङ्लबार, बैशाख ४, २०८१

इन्धनको कालोबजारी गर्ने आधादर्जन अपराधी पक्राउ

काठमाडौ माघ १८, इन्धनको तोकेको दररेटभन्दा अत्यधिक बढी मूल्य लिई बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा महानगरीय hatkadi-1अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थको कालोबजारी गर्ने छ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै यसरी पक्राउ गरिएका अपराधीहरुमा धादिङ आरुघाटका सुरेश न्यौपाने, काभ्रे बल्देफेदीका कमल तामाङ, नुवाकोट खड्गभन्ज्याङका लालबहादुर श्रेष्ठ, रुपन्देही मधौलियाका जनक महत, इलाम एकतप्पाका चन्द्रबहादुर श्रेष्ठ, बर्दिया गोलाका कमल चौधरी रहेको जनाउँदै प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ परेका अभियुक्तहरुबाट पेट्रोल १ हजार ६५० लिटर, डिजेल एक हजार १३५ लिटर र मट्टितेल ११५ लिटरको परिणाम समेत पक्राउ परेको जनाउँदै उनीहरूलाई कालोबजारी ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ चलान गरिएको जनाएको छ ।