बुधबार, बैशाख १२, २०८१

आयोगको रजत महोत्सवका कार्यक्रम स्थगित

काठमाडौ माघ २६, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक मनाउँदै सरकारले बुधबार सार्वजनिक बिदा दिने, ३ दिनसम्म timthumb (1)राष्ट्रिय झन्डा झुकाउँदै कुनै पनि सरकारी औपचारिक कार्यक्रम नर्गन गरेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘रजत महोत्सव–२०७२’ का सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।

आयोगले माघ २८ गते रजत महोत्सव मनाउने कार्यक्रम तय गरेको थियो । पूर्वप्रधानमन्त्री कोइरालाको निधनपछिको परिस्थितिलाई ख्याल गरेर सबै कार्यक्रम स्थगन गरिएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभएको छ ।