बिहिबार, बैशाख १३, २०८१

यस्तो थियो राजकीय सम्मानका साथ गरिएको काँग्रेस सभापति कोइरालाको अन्त्येष्टि (फोटो फिचर)

लाखौँको सङ्ख्यामा रहेका सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण

काठमाडौ माघ २८ , नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार anup_20160210_1 anup_20160210_2 anup_20160210_3 anup_20160210_4 anup_20160210_8 anup_20160210_10 anup_20160210_11 anup_20160210_13 anup_20160210_14 anup_20160210_17 anup_20160210_18 anup_20160210_19 anup_20160210_21 anup_20160210_22 anup_20160210_23 anup_20160210_24 anup_20160210_25 anup_20160210_26 anup_20160210_27 anup_20160210_28 anup_20160210_30 anup_20160210_31 anup_20160210_32 anup_20160210_33 anup_20160210_34 anup_20160210_35 anup_20160210_36 anup_20160210_37 anup_20160210_40 anup_20160210_41 anup_20160210_42 anup_20160210_43 anup_20160210_44 anup_20160210_45 anup_20160210_46 anup_20160210_47 anup_20160210_48बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । निमोनिया र ज्वरोका कारण अस्वस्थ रहनुभएका कोइरालाको सोमबार राति १२ः५० बजे महाराजगञ्जस्थित आफ्नै निवासमा आकस्मिक निधन भएको थियो ।

यसअघि सभापति कोइरालालको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेर आर्यघाट लगिएकाो थियो । शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवम् सर्वसाधारण गरी हजारौँको सङ्ख्यामा उपस्थिति थियो । शवयात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले भन्दै शोकाकुल मुद्रामा नारावाजी गर्दै मा सहभागि भएका थिए । शवयात्रा मार्ग अर्थात भोटाहिटी–दरबारमार्ग–कमलपोखरी–ज्ञानेश्वरमा जम्मा भएका पार्टीका नेता एवम् कार्यकर्ता तथा लाखौँको सङ्ख्यामा रहेका सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए ।  त्यस्तै अन्त्येष्टिको क्रममा र पशुपति आर्यघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्यघाट पुगी स्व कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

भने सभामुख, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुग्नुभएको थियो । त्यसपछि काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि थियो ।  सभापति कोइरालालको पार्थिव शरीरमा उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ती दिनुभएको थियो भने कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031