बिहिबार, बैशाख १३, २०८१

आचारसंहिता पालना नगर्ने र दर्ताविनाका अनलाईनलाइ बन्देज लगाउँनु पर्नेमा वक्ताहरुको जोड

काठमाडौ माघ १८ , प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले अनलाइन पत्रकारिताको विकास संगै बढ्दो आचारसंहिता उल्लङ्घनका घटना पनि बढ्दो रहेको जायँदै यसलाइ कम गर्नु आवश्यक रहेको बताउँनु भएको छ ।  आइतवार काउन्सिलमा आयोजित एक Captureकार्यक्रममा अध्यक्ष कार्कीले अनलाइन पत्रकारिताको गतल प्रयोग गर्नेलाई कारबाहीको आवश्यकता रहेको बताउँदै सामाजिक सञ्जाल फेसबुक र ‘ब्लगलाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेकामा जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा प्रेस स्वतन्त्रताको उपयोग गर्दा पत्रकार आचारसंहिताको पालना गर्नु आवश्यक रहेको बताउँदै महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले ै अनलाइन पत्रकारिताको नाममा बिना दर्ता, र कार्यालयको ठेगाना समेत नभएका अनलाइनलाई नियमन सहित अनलाइन सञ्चालनमा बन्देज लगाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल(क्यान)का पूर्व अध्यक्ष विप्लवमान सिंह आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्त लगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031