बिहिबार, बैशाख १३, २०८१

अपराधिक गतिविधी न्यूनिकरणका लागि स्थानीय र प्रहरीवीच अन्र्तक्रिया

काठमाडौ माघ २३, कामपा वडा .न. १९ क्षेत्रमा बढ्दो अपाराधिक गतिविढी एवम् लागुऔषध दुव्र्यशनीको जमघटबाट आहत बनेका स्थानीयको अनुरोधमा ढोकाटोल युथक्लव सयुक्त युवाको क्लवको संयोजनमा जनसेवा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

IMG_20160206_092539कार्यक्रममा महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख विनोद घिमिरे सामु स्थानीय क्षेत्रका बासिन्दाले शान्ति सुरक्षा, लागुऔषध दुव्र्यशनीको जमघटबाट आफ्नो टोलमा सुरक्षाको अवस्था खलबलिएको प्रहरीको गस्ती कम भएको जस्ता महत्वपूर्ण सवाल प्रस्तुत गरेका थिए ।
त्यस्तै स्थानीयको समस्यालाइ प्रहरीको तर्फबाट सम्बोधन गर्न शिर माथि राष्ट्र ,नागरिक मन भित्र राख्दै जनसेवा प्रहरी आफ्नो कतव्र्य निर्वाहमा प्रतिवद्ध भएको बताउँदै सूचना पाएको केहि क्षणमानै उपस्थित हुँने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । साथै प्रमुख घिमिरेले वडामा शान्तिसुरक्षाको स्थिती बनाइराख्न टोलवासीको पनि सक्रिय सहयोगको अपेक्षा गर्नु भएको थियो । एक प्रसंगमा जनसेवा प्रहरी प्रमुख घिमिरेले प्रहरीको तर्फबाट सम्पादित सेवाप्रति कुनै आशंकाभए तत्काल उजुरी गर्न पनि आग्रह गर्नु भएको थियो ।

त्यस्तै जनसेवा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्यासुन्दर शाक्य रेडक्रस उपशाखा गणबहालका अध्यक्ष अमृत मानन्धर कामपा वडा न १९का प्रमुख रविन्द्रलाल श्रेष्ठलगायतले स्थानीय जनतालाइ शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँन प्रहरीको तर्फबाट निर्वाह गरिनु पर्ने भूमिकाका सवालमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो ।  कार्यक्रममा पूर्व वडाध्यक्ष शशिलाल श्रेष्ठ सहित स्थानीय संघसस्थाका प्रतिनिधी , बुद्धिजिवी र टोलवासीको उपस्थिती रहेको थियो ।