बिहिबार, चैत्र १५, २०८०

अगाध……

g-गौतम डंगोल “सन्देश”

हिजोआज किन हो किन
रिसाउलाउ कि भन्ने ठूलो डर
मैले गरेकोे मायाले हो की
या तिम्रो तिरस्कारको डर
हिजोआज किन हो किन
रिसाउलाउ कि भन्ने ठूलो डर

तिम्रा हरेक गल्तीमा आँखा चिम्लिन्छु
करले हो की रहरले भन्नै सक्दिन
रिसहरु क्षणिक उन्मादमा उडिजान्छन्
चाहेर हो की नचाहेर हो भन्न सक्दिन
हिजोआज किन हो किन
रिसाउलाउ कि भन्ने ठूलो डर

तिम्रा हरेक जीद्दिमा म मुस्कुराउँछु
डरले हो की भरले भन्नै सक्दिन
दुस्मनीहरु पल भरमैं तरङ्गिन्छन्
सम्झेर हो या भुलेर भन्न सक्दिन
हिजोआज किन हो किन
रिसाउलाउ कि भन्ने ठूलो डर 

यस www.kantipurhotline.com मा विगत लामो समयदेखि कला साहित्य  स्तम्भमा कलम चलाउँदै आउँनु भएका सर्जक गौतम डंगोल “सन्देश”को मर्मस्पर्सी रचना झुमा निरौलाको सुमधुर आ���ाज र भिषण निरौलाको संगीतले थप कर्णप्रिय बनाएको यो साङगेतिक सौगात आज विशेषगरी प्रणय दिवसका दिन हाम्रा असख्य पाठक माझ प्रस्तुत गर्न पाउँदा हामी गौरवाम्वित भएका छौं । साथै सर्जक डंगोलको प्रयास भविष्यमा थप विस्तारित हुँदै जाओस भन्ने शुभकामना समेत दिन चाहन्छौं ।

तिम्रो माया मेरो नशामा बहने सायद खुन हो की
मेरो आँखाको दिव्य जुन हो की
तिम्रो माया

साथै निकट भविष्यमानै सर्जक डंगोलको अर्को साङगेतिक सौगात :
हिजोआज किन हो किन
रिसाउलाउ कि भन्ने ठूलो डर
मैले गरेकोे मायाले हो की
या तिम्रो तिरस्कारको डर
हिजोआज किन हो किन बोलको  म्युजिक भिडियो पनि यहाँहरुसमक्ष प्रस्तुत गर्ने तयारी हुँदै गरेको जानकारी गराउँदछौं ।

kantipurhotline.com साङगेतिक व्यरो