माथेमाको अध्यक्षतामा नया कार्यसमिति पनि चयन
काठमाडौं माघ २५, विश्व नेवाः संगठन नेपाल च्याप्टरको पहिलो अधिवेशन काठमाडौंमा आइतवार सम्पन्न भएको छ । च्याप्टरका अध्यक्ष नरेन्द्रभक्त हाडाको अध्यक्षतमा सम्पन्न कार्यक्रमको समुद्घाटन कार्यक्रमका मूख्य अतिथि नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले गर्नुभएको थियो ।
त्यस्तै उहाँले रोजगारी अथवा शिक्षाको क्रममा विश्वका विभिन्न स्थानमा बसिरहेका नेवारहरुलाई संगठित बनाइ सबैलाई आफ्नो भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पु¥याउन साझा डबलीको रुपमा विश्व नेवाः संगठनलाई विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यस्तै संगठनका केन्द्रिय सचिव एवम् प्रवक्ताले संगठनको उद्देश्य त्यस्तैगरि संगठनका केन्द्रिय सदस्य डा। विजय सैंजुले वर्तमान समयमा नेवार समुदायले भाषा, कला, साहित्य सँगसँगै जातीय उत्थानको लागी हक अधिकारको लागी पनि संघर्ष गर्नुपर्ने बताउनु भएको थियो ।
नेवाः स्वायत्त राज्य मंकाः सघर्ष समितिका अध्यक्ष मनोज नेवाः खड्गीले विकसित देशहरुमा छरिएर रहेका नेवारहरुले अन्य देशबाट सिकेका सीपलाई नेपालमा आइ सदुपयोग गरेर नेवार समुदायको साथै देशविकासमा योगदान दिनसकिने बताउनुभयो । संस्थाका सदस्य रश्मिला प्रजापतिले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा च्याप्टरका महासचिव शाक्य सुरेनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पुष्करभक्त माथेमाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । औपचारीक कार्यक्रम पछि अधिवेशनको बन्द सत्रको वैठकले पुष्करभक्त माथेमाको अध्यक्षतामा नया कार्यसमिति पनि चयन गरेको छ ।
४९ सदस्यीय कार्यसमितिमा अध्यक्ष माथेमाको साथै उपाध्यक्षद्वयमा शाक्य सुरेन, ,गणेशराम लाछि, महासचिव रश्मिला प्रजापति, सचिव रत्नकाजी महर्जन, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सह कोषाध्यक्ष सुदय शिलाकार निर्विरोध निर्वाचित भएका हुन् ।
सोहि वैठकले १५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । सचिवालय समितिमा अध्यक्ष माथेमाका साथै उपाध्यक्षद्वय शाक्य सुरेन, गणेशराम लाछि, महासचिव रश्मिला प्रजापति, सचिव रत्नकाजी महर्जन, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सह कोषाध्यक्ष सुदय शिलाकारको साथै सदस्यहरु कस्तुरी श्रेष्ठ, श्रीकृष्ण महर्जन, नगेन्द्र प्रधान, कृष्णहरी सैंजु, सविता मुनिकार, राजेन्द्र महर्जन, बिराजकाजी राजोपाध्याय र शान्ता जोशीलाई चयन गरीएको छ । निवर्तमान अध्यक्ष नरेन्द्रभक्त हाडा एवम् निवर्तमान सदस्य अर्थ तुलाधरलाई संस्थाको सल्लाहकार नियुक्त गर्ने नवनिर्वाचित अध्यक्ष माथेमाको प्रस्तावलाई वैठकले सर्वसम्मतिमा पारित गरेको थियो ।