मङ्लबार, जेष्ठ २३, २०८०

राजधानीमा हिन्दू राष्ट्रका पक्षधरहरूको विशेष बैठक

काठमाडौं फागुन ४,  सोमवार हिन्दूराष्ट्रका पक्षधर विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधहरूवीच विशेष बैठक सम्पन्न भएको छ । राजधानीको डिल्लीबजार स्थित भोजन गृहमा सम्पन्न उक्त बैठका विश्वहिन्दू महासंघका मार्गदर्शक भरतकेशर सिंह, सोही महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष हेमबहादुर कार्की, संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक पदमराज पाण्डे, दलित महिला जागरण भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 4अभियन्ता सुभद्रा विश्वकर्मा, गोतीर्थमिसनका अध्यक्ष गोव्रती योगी सोमरा��, राष्ट्रिय सरोकार मञ्चका प्रतिनिधि नेपाल संरक्षण अभियानका विष्णु शर्मा र मानवसेवक लगायतका विभिन्न धार्मिक एवम् संघसंस्था प्रतिनिधिको विशिष्ट उपस्थिति रहेको थियो ।

त्यस्तै डा. शास्त्रदत्त पन्त, पूर्व सेनापति रुक्मागत कट्वाल, वि.पि. चिन्तन प्रतिष्ठानका सभापति हरिबोल भट्टराई, पूर्वमन्त्री दीनबन्धु अर्याल, मणि लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको सो बैठकमा वक्ताहरूले पछिल्लो समयमा देशको राजनीतिक क्षेत्रबाट सृजना भएका जटिल वस्तुस्थितिको बारेको समिक्षा गर्दै यावत समस्याहरूको निकासको बारेमा आआफ्नो धारणा राखेका थिए ।
बैठकका अधिकांश सहभागीहरूले नेपाललाई यो वा त्यो बहानामा सिध्याउन विभिन्न खालका षड्यन्त्र भइरहेको र यसलाई बचाउन राजसंस्थाको विकल्प नरहेको अभिव्यक्ति दिएका थिए । यसैक्रममा ईतिहासविद् तथा लेखक दीर्घराज प्रसाईले ईतिहासका तथ्यहरूलाई उदृत गर्दै नेपाललाई सिध्याउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको नाममा जे जति नाटक भइरहेको छ त्यो सबै ईशाई मिसिनरीको ग्रयाण्डडिजाइनमा भइरहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भोजन गृहमा भएको धार्मिक संघसंस्थाहरुको विशेष बैठकको तस्वीर 3त्यस्तैगरी बैठकलाई सम्बोधन गर्दै गोव्रती योगीसोमराजले वैदिक गाईको संरक्षण नगरेसम्म हिन्दूराष्ट्र लगायतका उपलब्धि हुन नसक्ने तर्फ लक्षित गर्दै पृथ्वीनारायण शाहसँग गाईको दहीको प्रसङ्ग जोडिएको, बहादुर शाह गाई गोठमै बसेर गाईको सेवा गर्ने गरेको, पाण्डव गुप्तबास बस्दा गाईकै गोठालो भएर बसेको आदि प्रसङ्ग जोड्दै स्थानीय जातका गाईको संरक्षण गरी हिन्दूत्त्व संरक्षणको लागि गाईको आर्शिवाद लिनपर्ने बताउँनु भएको थियो भने ज्यो। दीपक सुवेदीले अहिलेको संविधान घोषणा हुँदाको मुहूर्त निकै नराम्रो परेकोले जिकिरु गर्नु भएको थियो ।साथै बैठकमा सनातन मोर्चाका संयोजक पदमराज पाण्डे, विश्वहिन्दू महासंघबाट भरतकेशर सिंह, डा। शास्त्रदत्त पन्तलगायतका व्यक्तित्त्वहरूले सम्बोधन गरेका थिए । बैठक धार्मिक एवम् सामाजिक क्षेत्रका सर्वमान्य व्यक्तित्त्व बैकुण्ठ शम्सेर जवराको संयोजकत्त्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031