आइतवार, जेष्ठ १४, २०८०

यस वर्ष आगलागीको घटना बढ्दो : कामपा

काठमाडौ माघ २१, गत  आर्थिक वर्षका तुलनामा यस वर्ष महानगरपालिकाभित्र १२० वटा आगलागीका घटना घटेको कामपाले जनाएको छ । कामपाका अनुसार विगतका वर्षहरुमा सानाठूला गरी वार्षिक ३५० देखि ४०० को हाराहारीमा आगलागीका घटना हुने गरेकोमा यस वर्ष प्रस्तुत घटनाको रेसियो हाव्त्तै बढेको जनाएको छ । राजधानी आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आगलागीको Press Note 1-1मुख्य कारण् मध्ये विद्युत् चुहावट प्रमुख रहेको बताईएको छ । साथै यसवर्ष पेट्रोल सञ्चयका कारण पनि आगलागी सङ्ख्या बढेको माहानगरको बुझाइ रहेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मुलकमा नयाँ संविधान जारी भएयता सुरु भएको भारतीय पक्षको अघोषित नाकाबन्दीका कारण उपभोक्ताहरुले इन्धन अभावको समस्याबाट मुक्ति पाउँन इन्धनको संन्चय गर्ने गरेकाले पनि आगलागीको घटना बढेको कामपाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले जानकारी दिदै गत माघ माघ १८, १९ र २० गते मात्र राजधानीको स्थानमा ८ आगलागी भएको जानकारी दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराईका अनुसार आगलागीका घटनालाई कम गर्नका लागि विद्युतीय उपकरण उपयोग गरिसकेपछि बन्द गर्ने, विद्युत्भार कटौतीका बेला बत्तीको स्विच बन्द गर्ने, स्तरीय विद्युतीय औजार र उपकरणको प्रयोग Fire Messageगर्नेुपर्नेमा जोड दिदै यि यस्ता हेर्दा सामान्य लाग्ने कार्यतर्फ विशेष सजग हुन आवश्यक रहेको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031