काठमाडौं माघ २५ , कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने लक्ष्य अनुरुप चर्चित हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृति पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतीवीद सत्यमोहन जोशीले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मह जोडीलाई पुरस्कार प्रदान गर्नुभएको हो । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषबाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको जनाएको छ ।
त्यस्तै साम्दे शेर्पा प्रतिभा पुरस्कारवाट हास्यकलाकार मनोज गजुरेल सम्मानित भएका हुन् भने अर्को पुरस्कार पासाङ टी शेर्पालाई प्रदान गरिएको छ । मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई १०१११ रुपैयाँका साथमा ट्रफी प्रदान गरिएको थियो ।