बिस १९५८ बैसाख ११ गते तत्कालीन राणा प्रधानमन्त्री देब शम्सेरको पालामा गोरखापत्रमा प्रकाशीत समाचारलाई मर्यादित बनाउन जारी सनदबाट नेपालमा कलमजीवीलाई दायरा भित्र रहेर निर्बाध कलम चलाउने अबसर प्राप्त भयो । तर पनि तत्कालीन परिस्थितिमा नेपाली प्रेसले राज्य, राजनीतिक, कूटनीतिक तथा ब्यक्ति बिषेशको चड्गुलबाट आफुलाई पर राख्न सकेन र मीडिया हाउस खोल्ने र बन्द हुनेवीचको अत्यन्तै सड्कुचित बातावरणबाट नेपाली प्रेस गुज्रियो । ईतिहासका बिभिन्न कालखण्डमा दुर्गतीको नियती भोग्दै आएको नेपाली प्रेसले अहिले आएर आकर्षक उधोगको रुपमा पहिचान निर्माण गरेको छ । प्रेस काउिन्सल का अनुसार आर्थिक बर्ष २०७०र७१ को अन्त्य सम्म आईपुग्दा दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक र मासिक गरेर कुल ३ हजार ७१२ पत्रपत्रिका दर्ता भएका छन । त्यस्तै २०७१ साल अन्त्यसम्म नेपालमा ५९४ वटा रेडियो र ८८ वटा टेलिभिजन च्यानल दर्ता भईसकेको सञ्चार ू मन्त्रालयको तथ्यांड्क छ । नेपाली युवायुवतीको मीडिया प्रतिको बढ्दो आकर्षण र ब्यवसायीले मीडिया हाउसमा गरेको लगानीले नेपालमा प्रेसमैत्री बातावरण रहेको प्रमाण दिन्छ ।
यसरी दर्ता भएर सञ्चालनमा रहेका कतिपय मीडिया हाउसले आवद्धपत्रकार लाई अन्य बिकसित देशमा जस्तै स्थाई नियुक्ति, बिदा , सञ्चयकोष र कन्भेन्स जस्ता सुबिधा दिईराखेका छन भने कतिपयले प्रकृयामा रहेको बताएका छन । यसरी प्रेसलाई उधोगमुखी र लगानी मैत्री बनाउनमा मुख्य भूमिका खेलेको छ पत्रकार आचार संहिताले । प्रेस काउन्सिलले लागु गर्ने अनि समयानुसार परिमार्जन गरि मीडिया ब्यवशायी र पत्रकारहरुबिच पुलको काम गर्ने आचार संहिता ले नेपाली प्रेसलाई आकर्षक उधोग बनाएको छ । अझ गौरव को कुरा त के छ भने हाम्रो देशमा पत्रकार आचार संहिता लागू भएको धेरै पछि मात्र अमेरिका को अमेरिकन सोसाइटी अफ न्यूज पेपर्स एडिटर्सले पत्रकार आचार संहिता घोषणा गरेको थियो । नेपाली आचारसंहिता भन्दा २१ बर्ष पछि मान्यता पाएको अमेरिकी आचार संहिता अहिले बिश्वको सबैभन्दा पुरानो आचार संहिता बनेको छ । पाठकहरु, तत्कालीन राणा प्रधानमन्त्री बाट जारि भएको सनद पत्रकारिता लाई मर्यादित बनाउने भन्दा पनि प्रेसलाई आफुखुसी नियंत्रण गर्ने उद्देश्यले प्रेरित थियो र त्यो सनदले पत्रकार हितभन्दा पनि पत्रकारवेतमा त्रासको बाताबरण भएकोले अन्तराष्ट्रिय मान्यता पाएन ।
त्यसपछि नेपाल मा बिसं २०१५ सालमा प्रेस कमिसनले पत्रकार आचार संहिता समन्धी १८ बुँदे नियम र २०२३ सालमा नेपाल पत्रकारसंघको प्रथम भेलाले २२ सुत्रिय आचार संहिता जारी गर्यो । प्रजातंन्त्रको पुनर्स्थापना पछि २०४६ ,२०४९ र २०५० सालमा पटक पटक आचार संहिता परिमार्जन गर्दै नेपाल लाई मीडिया मैत्री बनाउने दिशामा प्रेस काउंसिल लागिरह्यो । त्यसपछि प्रेस काउंसिल नेपाल र नेपाल पत्रकार महासंघले २०५५ मा संयुक्त रूपमा जारी गरेको आचार संहिता परिमार्जितरुपमा हालसम्म क्रियाशील रहेको छ । आचारसंहिता उल्लंघन हुने नेपाली मीडियामा पछिल्लो समयमा अर्थात २०७०् ७१ सम्म आईपुग्दा प्रेस आचार संहिता उल्लंघन का ३९ वटा मात्र निबेदन दर्ता हुनु यसको ज्वलन्त उदाहरण मान्नु पर्छ ।
यद्यपी नेपाली मीडियामा एउटा अन्योल कायमै छ त्यो हो उधोगको मान्यता । राज्यको मीडिया ब्यवस्थापन तथा बिकास समन्धि सरकारी नीतिको अभावका कारण नेपाली मीडियाले ब्यवहारिक रुपमा उधोगको मान्यता पाउन सकेको छैन । त्यस्तै मीडियाको अनुगमन र मूल्यांकन गर्ने प्रभावकारी संयन्त्रको अभावमा नेपालका केहि मीडिया हाउसले आफुखुसी गुणस्तर बितरण योग्यताको दाबी गरिरहेका छन । मीडिया हाउसलाई दायरामा लिने कानुन नेपालमा हुने हो र पत्रकारहरुले पनि बिनापूर्बाग्रह आफ्नो पेसामा कर्मठ हुनेहो भने नेपाल मा कलमजिबीहरुलाई कलम छोडेर कसैको मुख ताक्नु पर्दैन ।
सन्दर्भ सामाग्री – संहिता २०७१
लेखक – नेपाल पत्रकार महासंघ भारत शाखासंग आवद्ध हुनुहुन्छ ।