काठमाडौ माघ १९, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमवार राजधानीमा आयोजना गरेको बाल राष्ट्रिय गीत सम्मेलनको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीमा राष्ट्रिय एकताको भावना प्रबल भएकाले कसैले हाम्रो
स्वाधीनता झुकाउन नसक्ने बताउँनु भएको छ ।
त्यस्तै राष्ट्र र राष्ट्रियताप्रतिको भावनालाइ अझ प्रभावकारी बनाउँन आयोजना गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्तले बालवालिका राष्ट्रको मेरुडण्ड भएको बताउँनु भएको थियो ।कार्यक्रममा प्रतिष्ठानकी प्राज्ञ सदस्य एवम् सङ्गीत विभाग प्रमुख उन्नति बोहरा ‘शीला लगायतले बोल्नु भएको थियो भने नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” भन्ने भावका राष्ट्रिय भावना ओतप्रोत गीत प्रस्तुत गरिएको थियो ।