बिहिबार, चैत्र १६, २०७९

ज्यापु महागुथी महानगर समितिको चौथो अधिवेशन सुरु

ज्यापु पेशा र संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रमको कार्यान्वयन गर्नु पर्नेमा वक्ताहरुको जोड

 काठमाडौ फागुन १५ ,ज्यापुको उन्नति हाम्रो देशको समृद्धि’ भन्ने मूल नाराका साथ ज्यापु महागुथी काठमाडौँ महानगर समितिको चौथो अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको सुभारम्भ सत्रमा नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल, नेकपा एमालेका स्थानीय नेता anup_20160227_1 anup_20160227_2 anup_20160227_5 anup_20160227_6 anup_20160227_7 anup_20160227_14 anup_20160227_15 anup_20160227_16 anup_20160227_21 anup_20160227_24 anup_20160227_27न्हुच्छेकाजी महर्जन, डा मृगनारायण सिंह, अधिवेशनका संयोजक इ सानुबाबु प्रजापतिलगायतले ज्यापु समुदायले गर्दै आएको कृषि पेसा अहिले सङ्कटमा रहेको जिकिर गर्दै ज्यापु पेशा र संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रमको कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तैगरि चौथो अधिवेशनको क्रममा समितिका केन्द्रीय अध्यक्ष रामबहादुर डङ्गोलले ज्यापु समुदायको संस्कृति संरक्षणका लागि आवश्यक कार्यनिती तय गर्न आवश्यक योजनाका सवालमा छलफल गरिनुपर्नेमा जोड दिनु भएको थियो यसअघि काठमाडौँको परोपकार उमाविबाट सांस्कृतिक जुलुस सहित सहरका विभिन्न स्थानमा परिक्रमा गरी वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । का म पा  ३५ वडाभित्रका ज्यापु समुदायका परम्परागत टोल र गुठीका प्रतिनिधिको सहभागिता  रहेको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031