बिहिबार, असार २३, २०७९

जनकपुर तनावग्रस्त : मधेसी मोर्चाद्वारा कांग्रेस नेता निधिको घरमा आगजनी र तोड्फोड

जनकपुर माघ १९, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको जनकपुरस्थित घरमा मधेसवादी दलका कार्यकर्ताले आगजनी गरेका छन् । nidhiजनकपुरधामको अवस्था अहिले पनि तनावग्रस्त रहेको युवा नेता जानी खानले बताए । जनकपुर –१ मिल्स एरियास्थित निधीको घरमा मोर्चा कार्यकर्ताले लगाएको आगोले घरमा पार्किङ गरी राखेको ज ३ प ९४३८ नम्बरको मोटरसाइकल जलेको छ। प्रदर्शनकारीले निधीको घरको कम्पाउन्ड वाल भत्काएर घरभित्र पनि ढुंगामुढा गरेका छन्। निधीका दाजु नवेन्द्र निधी बस्ने घरभित्रै पसेर प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। प्रदर्शनकारीले हानेको ढुंगाले लागेर निधीकी भाउजु किरण निधी घाइते भएको परिवारजनले जनाएको छ ।

आन्दोलनकारीले निधीको घर आगनमा राखिएको आधा दर्जन कुर्सी पनि भाँचिदिएका छन्। घटनापछि पुगेको प्रहरी र छिमेकीले मिलेर आगो नियन्त्रणमा लिएपनि मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्ज अयोधीप्रसाद यादवले बताए । त्यस्तै मोर्चा र प्रहरीबीच झडप हुँदा मोर्चाका आधा दर्जन कार्यकर्ताहरु घाइते भएका छन् । त्यस्तै संसद आन्नद ढुँगानाको घरमा पनि ढुँगामुढा भएको छ । यसअघि मोर्चाका कार्यकर्ताहरुले जनकपुरधाममा लाठी जुलुश प्रदर्शन गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031