बिहिबार, चैत्र १६, २०७९

आँखा अस्पतालमा प्राथमिक उपचार तालिम

काठमाडौं फागुन १३, नेपाल आँखा अस्पताल र मलेसियाको सेन्ट जोन एम्बुलेन्सको संयुक्त आयोजनामा दुई दिने प्राथमिक उपचार तालिम आजदेखि सञ्चालन भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा तालिमको उद्घाटन गर्दै नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेले यस तालिमले दुर्घटना तथा अन्य कारणले घाईते भएका बिरामीलाई अस्पातल पु-याउनु पूर्व DSC_प्राथमिक उपचार गर्दै बिरामीको ज्यान बचाउन सहयोग पु-याउने बिश्वास ब्यक्त गर्नुभयो ।

तालिममा सेन्ट जोन एम्बुलेन्स मलेसियाका डा. लि हु टिओङ, लिउ चान होरिन, लुई ग्वो झि, ङुकुम चेक, लगायत नेपालका प्रा. डा सबिना श्रेष्ठ, डा. सबिता ढकाल, डा. अमृत आचार्य, अरुण ढुंगाना, रचना कार्की लगायतले प्राथमिक उपचार सम्वन्धी तालिम दिने जनाईएको छ । यस तालिममा पाटन अस्पताल, नेपाली सेना, बिजेश्वरी ज्ञान मन्दिर शैनिक महाविद्यालय, अल्का अस्पताल, नेपाल आँखा अस्पताल, काठमाडौं महानगरपालिका, काठमाडौं मेडिकल कलेज, वीर अस्पताल र धुलिखेल अस्पतालका गरी ३२ जना भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

नेपाल आँखा अस्पतालले मलेसियाको सेन्ट जोन एम्बुलेन्सको सहकार्यमा गत मंसिर र माघमा पनि प्राथमिक उपचार तालिम सम्पन्न गरेको थियो । यस प्रकारको तालिम बर्षमा १५ भन्दा बढि सञ्चालन गर्ने सहमति भएको अस्पतालले जनाएको छ । प्रशिक्षार्थीहरुले तालिम लिए पश्चात देशका अन्य स्थानमा समेत तालिम प्रदान गर्न सकिने प्रशिक्षक अरुण ढुंगानाले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031