मङ्लबार, असार २१, २०७९

अभिभावक एवंम काँग्रेसका सभापति गुमाउँनु पर्दा युनियन स्तब्ध

काठमाडौँ माघ २६ , नेपाल पे्रस युनियनले नेपाली काँगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युले आफूले अभिभावक sushil-koirala-sok-realese-1गुमाएको बताएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी शोक वक्तव्यमा नेपाली राजनीतिमा सरल र सादा जीवनका पर्यायका रुपमै नेतृत्व तहमा पुग्नुभएका कोइरालाको निधनको खबरले युनियन स्तब्ध हुनाका साथै मर्माहत भएको उल्लेख गर्नुभएको छ । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय कोइरालामा गान्धीवादी आदर्शको छाप भएको बताउँदै विज्ञप्तिमा सभापति कोइरालाले मुलुकमा संविधान जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ ।

संविधानसभाबाट संविधान जारी गर्ने कांँग्रेसका संस्थापक बिपी कोइरालाले देखेको सपनालाई सुशील कोइरालाले नै पूरा गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कोइरालाको देहावसानपछि अब संविधान कार्यान्वयन गर्ने चुनौतीलाई चिर्नुपर्ने दायित्व काँग्रेसमा आएको बताउँदै शोकको घडीमा युनियनले १३ दिनसम्म युनियनका सम्पूर्ण समिति तथा शाखाले शोक कार्यक्रम बाहेक कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031