शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाको एकीकृत विकासको अवधारणा बनाउँन ललितपुरमा दुइ दिने कार्यशाला

विकासको मुल बाधक भनेको मुलुकमा विद्यमान राजनीतिक अस्थिरता

काठमाडौं पौष २४, काठमाडौं महानगरपालिकाकाको संयोजनमा एवम् उपत्यकाका तीनवटै जिल्ला विकास समितिसँगको समन्वयमा anup_20160108_7 anup_20160108_11 anup_20160108_12 anup_20160108_13 anup_20160108_15 anup_20160108_21 anup_20160108_22 anup_20160108_23 anup_20160108_24 anup_20160108_25 anup_20160108_27 anup_20160108_28 anup_20160108_29 anup_20160108_30 anup_20160108_31 anup_20160108_32 anup_20160108_34 anup_20160108_35 anup_20160108_36 anup_20160108_40 anup_20160108_41ललितपुरको गोदावरीमा आजबाट दुइ दिने कार्यशाला सुरु भएको छ ।  प्रस्तुत कार्यशालामा मुलत काठमाडौं उपत्यकाको एकीकृत विकासको अवधारणा त्यस्तै गरि सङ्घीय राज्य प्रणालीमा उपत्यका मेट्रो सिटी स्थानीय विकासमा महिला परिचालन र सहभागिता, विपद् व्यवस्थापन र सेवा सङ्क्रमणको स्थितिमा स्थानीय निकायको भूमिका ,शहरी सुव्यवस्था , राजस्वका दर एवम्  त्यस्तैगरि राजस्वका दर एवम् कर सङ्कलन प्रणाली तथा कार्यविधिमा एकरूपता र स्थानीय तहमा न्याय सम्पादन, सार्वजनिक निजी साझेदारी लगायतका विषयगत एजेन्दामा नितिगत छलफलका गरिने कामपाले जनाएको छ ।

कार्यक्रममा कामपाका कार्यकारी अधिकृत रुद्धसिंह तामाङ, कला निधी देवकोटा , सचारकर्मी आरती चटौट , डा श्याम भूर्तेल, धनपति सापकोटा, डा रुप खड्का र नुरनिधी न्यौपाने लक्ष्मण रिमाल, दिपक अधिकारी र दिपक थापा लगायतका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ ।  त्यस्तै कार्यशालामा सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराजबहादुर विष्ट,  काठमाडौं  ललितपुर र भक्तपुरका    सासंदहरु  विभिन्न सञ्चारमाध्यमका  प्रतिनिधी एवम  सम्वद्ध विज्ञहरुको उपस्थिती रहने कामपाले जनाएको छ ।

यसैवीच कार्यक्रमको शुभारम्भ कार्यशालामा सहभागी वक्ताहरुले विकासको मुल बाधक भनेको मुलुकमा विद्यमान राजनीतिक अस्थिरता भएको र विकासले समयअनुसार गति लिन नसकेको पक्षमा जोड दिदै
उपत्यकाको एकीकृत विकासका लागि समयानुकुल विकासका योजना  छनौट  गर्दै कार्यान्वयन गरिनुपर्ने बताउँनु भएको छ ।

कार्यक्रमका सरोकारवाला मन्त्रालयका सहायकमन्त्री विराजबहादुर विष्ट, विधागत विज्ञ वक्ताहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी महानगरपलिकाका कार्यकारी अधिकृत रुद्रसिंंह तामाङलगायतकाले सासंद उदय सम्सेर राणा लगायतले एकीकृत विकास अवधारणाका विषयमा बोल्नु भएको थियो भने काठमाडौं महानगरपलिकाका कार्यकारी अधिकृत रुद्रसिंंह तामाङले काठमाडौँ उपत्यकाको एकीकृत विकास अवधारणाविषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।