शुक्रबार, बैशाख ७, २०८१

नेपाल–भारतबीच निकट भविष्यमानै सुमधुर सम्बन्ध कायम हुँने राजदूत उपाध्यायको विस्वास

काठमाडौ पौष २४, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई सकारात्मक छलफलबाट सुधार गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै Dip-Kumar-upadhyayaराजदूत उपाध्यायले भारतले पनि नेपालसँग चिसिएको सम्बन्धलाई सुधार्न चाहेको जनाउ दिदै नेपाल–भारतबीच निकट भविष्यमानै सुमधुर सम्बन्ध कायम हुँनेमा आफु विस्वस्त रहेको बताउँनु भएको छ ।

साथै उहाँले भा।रतीय प्रम मोदीसंगको आफूले भेटमा निर्दोष नेपाली जनताले अनाहकमा दुःख पाएकाले नाकाबन्दी नगर्न आग्रह गरेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  भूकम्पको पीडा सकिन नपाउँदै त्यो भन्दा ठूलो समस्या तराईको आन्दोलन र भारतीय नाकाबन्दीले पारेको उल्लेख गर्दै राजदूत उपाध्यायले अहिलेको खराब दिनको चाँडै अन्त्य हुने विश्वास व्यक्त गनुभयो ।
साक्षत्कार कार्यक्रममा राजदुत उपाध्यायले सबैको सहमतिको आधारमा सविधान सशोधन गर्नुपर्नेमा जोड दिँदँै वीरगन्ज नाकामा जारी आन्दोलन अवरोध हटेको दिनबाट उक्त नाका सुचारु ह्ुँनेमा आफु विस्वस्त रहेको बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ ।