काठमाडौ पौष २४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका योजना प्रमुख श्यामकाजी पियालाई कार्यस्थलबाटै आज पक्राउ गरेको छ ।
आयोगका अनुसार योजना प्रमुख पियाले निर्माण व्यवसायीसँग रु ८० हजार घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले घुससहित पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।