बिहिबार, चैत्र १५, २०८०

सरकार र मुस्लिम गठबन्धनबीच वार्ता

काठमाडौ पौष २७, पहिचानका आधारमा सीमाङ्कन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशीकरण, मौलिक हकमा मुस्लिमको हकलाई पनि समावेश गरिनुपर्नेलगायतका १६ बुँदे माग सहित  आन्दोलित राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन र सरकारी वार्ता टोलीवीच आज   पहिलो चरणको वार्ता भएको छ ।

 गठबन्धनले राखेका मागका सम्बन्धमा सरकारी वार्ता टोलीका संयोजक रहनुभएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सरकार गम्भीर रहेको भन्दै सबै समस्या वार्ताबाटै समाधान गरिने बताउनुभएको थियो । त्यस्तै उपप्रधानमन्त्री थापाले गठबन्धनका मागलाई छिट्टै अर्काे वार्तामार्फत विस्तृत छलफल गरी समाधान गरिने बताउनुभएको प्राप्त समाचारमा  उल्ल्ेख गरिएको  छ ।