शनिबार, बैशाख ८, २०८१

सबइन्जिनियर श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ पौष १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाङ्गलेभारे सडकखण्ड ग्राभेल सम्पन्न भएपछि रु ३२ लाख ४० हजारको download (7)भुक्तानी ठेकेदारलाई दिएबापत निजबाट रु दुई लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको सबइन्जिनियर शरद्कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आज मुद्धा दायर गरेको छ ।
आयोगले आज दायर गरेको मुद्धामा सबइन्जिनियर श्रेष्ठसंग रु दुई लाख बिगोसहित हदैसम्मको दण्ड सजायको माग दाबी गरीएको जनाएको छ ।