बिहिबार, बैशाख १३, २०८१

संसद् बैठक: एक विद्येयक पारित, ३ विद्येयक छलफलका लागि समितिमा पठाइयो

नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत

काठमाडौं पौष २०, व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा स्वास्थ्यमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री prime-Minister-election-in-nepal-300x201खरेलले प्रस्तुत गर्नुभएकोे ‘खोप विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै बैठकमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको ‘बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०७१ त्यस्तैगरि बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ र ‘शिक्षा (८औं  संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृती प्रदान गरेको छ । यस्तै बैठकको शुभारम्भममा सभामुख ओनसरी घर्तिमगरले कार्यव्यवस्था परामर्श समितिमा विभिन्न सदस्यको नाम हेरफेर गरेको जानकारी दिनुभएको थियो ।

त्यस्तै बैठकले मधेसवादी सांसदका नाराबाजीकाबीच सभामुख ओनसरी घर्ती बैठकमा राख्नुभएको प्रस्तावलाई बहुमतले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतबाट स्वीकृत गरेको छ ।   संसद्को अर्को बैठक  मङ्गलबार १ बजे बस्नेछ ।