शुक्रबार, चैत्र १६, २०८०

संविधानको कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्नु पर्नेमा महामन्त्री सिटौलाको जोड

अव नेतृत्व चुन्ने समयमा यो वा त्यो बहानामा अल्मलिनु हुँन्न

काठमाडौ पौष २६, गिरिजाप्रसाद कोइराला प्रजातान्त्रिक प्रवद्र्धन केन्द्रले आज आयोजित ‘दिगो शान्ति, संविधान कार्यान्वयनका चुनौती र MG_0092युवा नेतृत्व’ विषयको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान काँग्रेसले गरेको जनाउँदै यसको कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले गर्ने बताउनुभएको छ ।  त्यस्तै महामन्त्री सिटौलाले पार्टीको आगामी १३औं महाधिवेशनले युवा वर्गलाई नेतृत्वमा ल्याउनुपर्ने जिकिर गर्दै अव नेतृत्व चुन्ने समयमा यो वा त्यो बहानामा अल्मलिनु नहुँने बताउँनु भएको छ ।

कार्यक्रमका अर्का वक्ता काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनले शीर्ष नेताको योगदानको सम्मान गर्दै योग्य व्यक्तिलाई अगाडि लैजानुपर्नेमा बताउँनु भएको थियो भने प्रवद्र्धन केन्दका अध्यक्ष बलदेव तिमल्सेनाले पार्टीभित्र देखिएको ६०÷४० को भागबण्डालाई अन्त्य गर्ने नेतृत्व अबको महाधिवेसनले ल्याउन सक्नुपर्ने बताउनुभएको प्राप्त समाचारमा जनाईएको छ ।