शुक्रबार, चैत्र १६, २०८०

ललितपुर–मकवानपुर जोड्ने पुल उद्घाटन गर्दै प्रमओलीले गरे आफ्नो निर्णयको कार्यान्वयन

काठमाडौं पौष १९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित KP-oli-talkingझोलुङ्गे पुलको उद्घाटन गर्नुभयो ।  करिब रु ८२ लाखमा लागतमा निर्माण गरिएको  उक्त पुलको लम्बाइ १३९ मि र चौडाइ डेढ मि रहेको छ भने पुल निर्माणमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सस्पेन्सन ब्रिज डिभिजनको सहयोग रहेको बताइएको छ ।

त्यस्तै पुल निर्माणभएसंगै मकवानपुर जिल्लाका ठिंगन र मन्थली गाविसका साथै ललितपुर जिल्लाका मानिसहरू लाभान्वित हुने प्राप्त समाचारमा उल्लेख गर्दै  प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेका दिन प्रम ओलीले नेपालका तुइनहरूलाई विस्थापन गर्ने भन्दै गर्नु भएको निर्णय कार्यान्वयन भएको अर्थात त्यस क्षेत्रमा रहेको तुइन विस्थापन भएको जनाइएको छ ।