शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा अवैध सुनका कारोवार गर्दै गरेको ३ भारतीय नागरिक पक्राउ

काठमाडौ पौष २४, महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको भाग्यलक्ष्मी ज्वेलर्सबाट बिहीबार नौ किलो ५०८ ग्राम सुनसहित ३  hatkadi-1भारतीयनागरिक क्रमस विक्रम मित्तल र विवेक मित्तल र भागीरथ चौधरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राय परेका अभियुक्तहरुले अवैध रुपमा सुनको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
महाशाखाका अनुसार उक्त अवैध तथा सङ्गठित कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरी सङ्गठित अपराध निवारण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ चलान गरेको जनाएको छ ।