शुक्रबार, बैशाख ७, २०८१

राजधानीको व्यस्त बजार सुन्धाराबाट ५ सय किलो कुहिएको मासु बरामद

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाडको चरम पराकाष्ठा, उपभोक्ता भन्छन अनुगमनलाइ तिव्र बनाउँ

काठमाडौ पौष २२, काठमाडौँ महानगरपालिकाले मगंलवार दोस्रो चरणको  बजार अनुगमन कार्यक्रम अन्र्तगत राजधानीको अति व्यस्त Goat-Meatबजारका रुपमा चिनिएका सुन्धारा लगायतका क्षेत्रमा गरेको बजार अनुगमनको क्रममा ५सय किलोग्राम कुहिएको मासु बेच्नको लागि राखिएको अवस्थामा बरामद गरेको छ ।

महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार महानगरको वडा नम्बर २२ धरहराको पश्चिमपट्टि रहेका टहरा पसलबाट ५सया किलोग्रामको अनुपातमा दुर्गन्ध आइरहेको खान नमिल्ने खसीको मासु फ्रिजको माथिल्लो भागमा ताजा मासुले छोपेर बेच्न राखिएको अवस्थाबाट बरामद गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै सन्धारास्थित ५ वटा मासु मध्य तीनवटामा कुहिएको अवस्थाको मासु बेच्न गरेको जिकिर गर्दै अनुगमन टोलीले बरामद गरिएको मासु परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालयमा परीक्षणका लागि पठाइएको छ भने बाँकी मासु गाडिएको जनाईएको छ ।
त्यस्तैगरि क्रममा अनुगमन टोलीले बेच्न राखिएका स्वास्थ्यका लागि हानिकारक भन्ने चित्रअङ्कित नभएका सुर्तीका पप्याकेट पनि बरामद गरेको समाचारमा उल्लेख गरिएको छ ।   महानगरको  अनुगमन पछि जम्मा भएको  स्थानीय उपभोक्ताहरुले  यो त अतिनै भयो उपभोक्ताको स्वास्थ्यमाथि  यसरी खेलवाड गने व्यापारीलाइ  हदैसम्मको  कारवाही गर्ने माग गर्दै   भन्छन -अनुगमनलाइ तिव्र बनाउँन माग गरेका थिए । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031