शनिबार, बैशाख ८, २०८१

यादवको संयोजकत्वमा मधेस पत्रकार महासङ्घ गठन

काठमाडौं पौष १९, मधेस केन्द्रीत सञ्चारकर्मीहरुको वृहत भेलाले सञ्चारकर्मीको बृहत् हकहितका लागि भन्दै छाता सङ्गठनका रुपमा मधेस पत्रकार महासङ्घ नेपाल’को गठन गरिएको छ । वीरगन्जदेखि मोरङसम्मका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठान प्रतिनिधिको शनिबार भएको भेलाले बृजकुमार १३ सदस्यीय तदर्थ समिति गठन गरेको प्राप्त समाचारमा जनाइएको छ ।
त्यस्तै नवगठित तदर्थ समितिमा दीपेन्द्र चौहान, राजेश कर्ण, अनिल तिवारी, चन्द्रदेव कामत, दिनेश्वरप्रसाद गुप्ता, हरिप्रसाद मण्डल, सन्तोष सिंह, विश्वनाथ ठाकुर, रिंकु मिश्र, महेश दास, रामअशिष यादव र हिमांशु चौधरी सदस्य रहेको उल्लेख गरिएको छ ।