काठमाडौ पौष २१, नेपाल आयल निगमले लामो समयको अन्तराल पछि निजि कार, जीपलाई बुधबारदेखि लटका आधारमा पेट्रोल वितरण गर्ने भएको छ । निगमका अनुसार काठमाडौं उपत्यकाका रहेका ५३ वटा पेट्रोल पम्पबाट निजि कार, जीपलाई पेट्रोल वितरण गर्ने तयारी भएको जनाउँदै पेट्रोल वितरण गर्ने पम्पको नामावली समेत सार्वजनिक गरेको छ ।
निगमका अनुसार बुधबार १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउने छन् । यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने जनाएको छ । साथै तोकिएको पम्पबाट बुधबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री हुने र तोकिएको लट नम्बर अनुसार मात्र लाइन बस्न र पेट्रोल लिन ब्लु बुक अनिवार्य ल्याउँन समेत निगमले आग्रह गरेको छ ।