बुधबार, बैशाख १२, २०८१

मोर्चाको निर्णय विरुद्ध गठबन्धनको कडा जवाफ,चिनीमिलको सामग्री नेपाल आउन नदिने

मनोज झा मुक्ति /महोत्तरी पौष १९,
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रामनगर चिनीमिलको सामग्रीहरु नेपाल आउन दिने निर्णय गरेकोमा संघिय समावेशी मधेशी gathbandhanगठबन्धनले सो को विरोध गर्दै सो सामग्री आउन नदिने निर्णय गरेको छ । पौष १६ गते हजारौ किसानलाई चिनीमिल संचालनमा नआउदा किसान मर्कामा परेको भन्दै मोर्चाले किसानलाई राहत दिदै चिनीमिलको सामग्री ल्याउन दिने निर्णय गरेको थियो भने शनिवार गठबन्धनको वैठकले नाकाबन्दी कमजोर पार्न प्रयास भएकोले सो निर्णय नागरिक समाज र गठबन्धनलाई समेत मान्य नभएको भन्दै विरोध जनाएका हुन । गठबन्धनद्वारा जारी प्रेस  विज्ञप्तिमा  आन्दोलन बाध्यता भएकोले सवैले सोमा साथ दिन आग्रह समेत गरिएको छ ।