बुधबार, बैशाख १२, २०८१

माघ २ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण अभियानको शुभारम्भ गर्ने

काठमाडौ पौष २४, राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २ गतेबाट रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको थालनी गर्नुहुने भएको छ । वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने मुल नाराका साथ e0a45b16b6ff05b4818a60706b896451-210x300सुरु गरिने प्रसतुत अभियानको साथै १८ औँ भूकम्प सुरक्षा दिवस समेत मनाउँने राज्यको तयारी रहेको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।
भूकम्प सुरक्षा दिवस मूल समारोहद्दारा अभियानको जानकारी दिन आज रानधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार माघ २ गते बिहान ११ः५६ बजे शान्ति बाटिकामा राष्ट्रपतिले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको थालनी भएको घोषणा गर्ने कार्यक्रम तय भएको बताईएको छ । त्यस्तै सोही दिन प्रम केपीशर्मा ओलीले कार्यविनायक नगरपालिकास्थित बुङ्मती क्षेत्रको पुनःनिर्माणको गुरुयोजनाको समेत लोकार्पण गर्नुहुने बताईएको छ ।