शनिबार, बैशाख ८, २०८१

मधेसी जनताको भावनालाई समेटेर संविधान संशोधन गरिने काँग्रेस महामन्त्री सिंहको प्रष्टोक्ति

काठमाडौं पौष २० , स्थानीय शान्ति समिति काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान–२०७२’ को अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मधेसी जनताको भावनालाई समेटेर संविधान संशोधन गरिने बताउनुभएको छ ।  त्यस्तै नेता सिंहले जारी संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र छलफलबाटै संविधान संशोधन गरिनेमा जोड दिदै प्रस्तुत संविधानले दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यक, महिलाको हकहितलाई समेटेको छ, यस्तो संविधान विश्वका कुनै मुलुकमा नभएको बताउँनु भएको छ ।
10343_10153836130297329_7632241729891502488_n 1918771_10153836129912329_414501877168354844_n
त्यस्तै गरि काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधानले संविधानको सहज रुपमा कार्यान्वयन गर्न राष्ट्रिय एकताको खाँचो रहेको बताउँनु भएको उक्त कार्यक्रममा सांसद राधेश्याम अधिकारीले सीमाङ्कनमा देखिएको विवादलाई राजनीतिक समस्याबाट समाधान गर्नुपर्ने र जनसङ्ख्या वा भूगोल एकलाई मात्र आधार मानेर सीमाङ्कन गर्न नसकिने अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तैगरि कार्यक्रममा एमाले नेता निर्मल कुइँकेल, शान्ति समितिका अध्यक्ष अम्बिका सुवेदीलगायतले मुलुकमा गत आश्विन ३ गते जारी भएको संविधान समावेशी समानुपातिकसहितको लोकतान्त्रिक भएको अभिव्यक्ति सहित संविधानको विशेषताका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको बताउनुभएको थियो ।