शुक्रबार, बैशाख १४, २०८१

मधेसमा सशस्त्र विद्रोहको अन्तिम तयारी

सुनिल शर्मा / काठमाडौं 

मधेसको आन्दोलनलाई यदी समयमै राजनैतीक सम्बोधन गरिएन भने मधेसमा चली रहेको वर्तमान शान्तिपूर्ण आन्दोलन फाल्गुन ७ Capture fgपछाडि सशस्त्र रूपमा पारीणत हुने कुरा मधेशवादी दलका नेताहरुले बाटएका छन्। मधेशलाई नेपालबाट छुट्टै राष्ट्र घोषणा गर्नुपर्छ भन्ने माग राख्दै सशस्त्र आन्दोलनमा उत्रिएका मधेसवादी नेता सिके राउतले पृथक्तावादी आन्दोलनका लागि सशस्त्र विद्रोह गर्ने सार्वजनिक घोषणा गर्नुले नेपालको राष्ट्रिय एकता अखण्डता अब खतरामा परेको छ। आगामी फागुन ७ पछी पूर्वी नेपालको मधेस क्षेत्र सशस्त्र विद्रोहबाट प्रभावित हुने सुरक्षा बिज्ञहरुको भनाइ छ।
मुलुकका प्रमुख राजनीतिक दल र वर्तमान गणतान्त्रिक व्यवस्था र संबिधान असफल भएका कारण पनि पृथक्तावादीले टाउको उडाएका हुन्। एक सर्वेक्षण अनुसार पूर्वी नेपालको बारा-पर्सा देखी झापा-मोरङ सम्म सशस्त्र मधेसी विद्रोह भएको खण्डमा पाँच लख भन्दा बढी व्यक्ती भारत तर्फ शरणार्थी हुने, २० हजार भन्दा बढी मानिस मारिने गुप्ताचर एजेन्सीको एक अध्ययनले देखाएको छ। यसमा सबैभन्दा बढी पीडित पहाडी समुदायका भन्दा मधेसी समुदायकै जनता हुने निश्चित छ। सिके राउतजस्ता विखण्डनकारी तत्वलाई हाल भारतको काँग्रेसआइ , सि आइए जस्ता संगठनले लगानी गर्नु र नेपाल स्थित यू एन एच् सि आर ले अन्तराष्ट्रिय मुस्लिमलाई शरणार्थी भनेर संरक्षण दिनुले नेपालको मात्र होइन भारतको समेत सुरक्षा मामिलामा टाउको दुखाइ बढेको छ। मधेसमा पृथक्तावादी आन्दोलनलाई हाल सामान्य रूपमा हेरिए पनि भविष्यमा श्रीलंकाको मधेशमा सशस्त्र विद्रोहको अन्तिम तयारी मधेशमा सशस्त्र विद्रोहको अन्तिम तयारी ब्रेसन टाइगर अफ टमिलु जस्तो हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन।

सिके राउतको पृथक्तावादी आन्दोलन हाल तराइका १६ वर्षदेखी २५ वर्ष सम्मका युवालाई भारतको कटिहार, बिहार, पञ्जावको हर्याणा, गोविन्दपूर, देह्रादूनको चक्रवातको जङलमा हतियार सहितको सशस्त्र सैन्य तालिम भारत सरकारले अघोषित रूपमा दिनुलाई नेपालको राष्ट्रिय सुरक्षा खतरामा परेको मान्न सकिन्छ । यस अघि तत्कालिन नेकपा माओवादीलाई पनि भारतले यस्तै सशस्त्र सैन्य तालिम दिएको थियो। अबको मधेस सशस्त्र विद्रोह माओवादी जनयुद्ध जस्तो नभएर पहाडे र मधेसी समुदायबीचको जातीय सद्भाव विरुद्ध हुने देखिन्छ। नेपालको गुप्ताचर संस्था राष्ट्रिय अनुसन्धान विभागले यस सम्बन्धी लामै फेरिस्त सहितको गुप्ताचर रिपोर्ट सरकारलाई बुझाईसके पनि सरकारले यसप्रती खासै चासो देखाएको छैन। तर नेपाली सेनाले प्रितनापतीहरुको उच्च स्तरीय बैठकमा पूर्वी नेपालमा सशस्त्र पृथक्तावादी आन्दोलनको तयारी भइ रहेकोले नेपाली सेनालाई उच्च सतर्कता अपनाइ राख्न परिपत्र नै गरी सकेको छ। यद्यपी गणतान्त्रिक भन्ने सरकारले नेपाललाई अधिराज्य भन्ने घोषणा गर्न नसक्नु र प्रान्त्य सरकारहरुको ललिपप देखाउनुले राष्ट्रिय एकता आँखण्डतामा ठुलो खतरा देखा परेको छ।
पूर्वी नेपालको दक्षिणी सीमा क्षेत्र केही दिन भित्रै सशस्त्र पृथक्तावादी रूपमा आउने निश्चित छ। सिके राउतजस्ता प्रिथक्तावादी नेताले अलग्गै मधेस राष्ट्रको लागि पश्चिमा राष्ट्रसँग आर्थिक र भौतिक सहयोग लिएर तत्काल पाँच हजार सशस्त्र युवाको सैन्य दस्ता र तालिम दिइ सकेको छ। नेपालको राष्ट्रिय एकता अखण्दताको प्रतीक राजसंस्था समाप्त भएपछी मुलुक विखण्डन र जातीय सद्भाव बिथोलिदै छ। यस्तो अवस्थामा नेपाली सेना सलामी र मलामी दिने सेना मात्र नभएर राष्ट्रियताको अन्तिम केन्द्रबिन्दु बन्न पुगेको छ। मधेशको विद्रोहलाई नेपाली सेनाले समेटा राजनैतीक भएको हुँदा राजनीतिक रूपमै सम्बोधन गर्नु पर्ने स्पष्ट पारेको छ। मधेशी जनता भारतीय नभइ नेपाली भएको हुँदा उनिको समर्थन सिके राउत जस्ता पृथक्तावादी नेताको पक्षमा रहन्छ कि रहँदैन त्यो भविष्यले बताउने छ।